Print

गिरीको प्रतिज्ञा : आगामी ५ बर्षमा थप २ सय किलोमिटर ग्रामीण सडक कालोपत्रे

१० फागुन, पर्वत । आसन्न प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवार पदम गिरीले आगामी ५ बर्षमा थप २ सय किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने महत्काक्षी योजना सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका गिरीले यस अघि २०७४ साल र २०७९ सालको निर्वाचनमा पनि पूर्वाधार तर्फ सडक कालोपत्रेको योजना सार्वजनिक गर्नुभएको थियो । डिजिटल घोषणापत्र अनलाईनबाट सार्वजनिक गर्दै गिरीले यस अघि २ सय १० किलोमिटर सडक कालोपत्रे भएको समेत उपलब्धिको रुपमा उल्लेख गर्नुभएको छ ।

गिरीले आगामी ५ बर्षमा थप १० वटा मोटरवेल पुल निर्माण गर्दै सडक सञ्जाललाई बाहैमहिना सञ्चालनमा ल्याउने योजना सार्वजनिक गर्नुभएको छ । भौतिक पूर्वाधार तर्फ धुलाम्मे सडकसंगै सवै पालिकाहरुमा सभाहलको अवधारणा ल्याउनुभएको गिरीले गाउँ फर्क अभियान मार्फत युवा पलाएन रोक्ने, कृषिको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने लगाएतका दुरगामी योजनाहरु समेत सार्वजनिक गर्नुभएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका गिरीले बिमा वापतको रकमलाई बृद्धि गरी ५ लाखसम्म पुराउन आफूले पहल गर्ने समेत उल्लेख गर्नुभएको छ ।

प्राविधिक र गुणस्तरीय शिक्षामा पहुँच तथा शिक्षा ऐन मार्फत शैक्षिक सुधारका कामहरु गर्ने, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धन तथा बाँदर नियन्त्रधणमा नीतिगत ब्यवस्था राख्ने गिरीको प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ । सवै पालिकाहरुमा खेलमैदान निर्मँण देखि अनलाईनबाट सरकारी सेवा मार्फत भ्रष्ट्रचार न्यूनिकरण गिरीको प्राथमिकता क्षेत्रहरु रहेका छन् ।

प्राकृतिक सम्पादको संरक्षण गर्दै कालीगण्डकी सभ्यताको ब्यवस्थापन गर्ने तथा आवास विहिनका लागि आवास योजना समेत गिरीको प्रतिज्ञा पत्रमा उल्लेख भएका छन् । गिरीले कालीगण्डकी जलाशययुक्त परियोजना निर्माण मार्फत कृषि पर्यटन उर्जा र रोजगारीमा बृद्धि हुने विश्वास राख्दै जिल्लालाई दुध, मासु र ताजा तरकारमिा आत्मनिर्भर बनाउने योजना समेत सार्वजनिक गर्नुभउको छ ।

जेष्ठ नागरिकको रक्षा गर्दै सवैलाई सामाजिक सुरक्षा योजना मार्फत गोलबन्द गर्ने गिरीको प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ ।