१३ माघ, पर्वत । आर्थिक वर्ष ०८१ /०८२ मा पर्वतको फलेवास नगरपालिकाबाट पाँच सय पच्चीस जना बसाई सरी गएका छन । जसमा जम्मा १सय ५३ घर बसाई सरी गएका हुन । भने बसाई सरी आउनेमा ३३ जना रहेका छन । ११ वडा रहको नगर पालिकाबाट चालु वर्षमा धेरै परीवार सँख्या बसाई सरेर गएका हुन । भने थोरै वसाई सराई हुने वडा पाँच रहको छ । आसन्न निर्वाचनको वर्ष भएका कारण पनि मताधिकार बसेकै स्थानबाट उपायोग गर्न तथा अन्य सेवा सुविधाको लागी बाहीरीने को दर बढेको हो । शिक्षा, स्वाथ्य, यातायात र रोजगारीको अवसरको खोजीमा नगरपालिका बाट बाहीरीनेको दर बढदै जान थालेको भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन ।
नगरपालीकाले दिएको जानकारी अनुसमार नगर पालिकाको वडा न एक कार्कीनेटामा २ जना बसाई आएका छन भने ३५ जना वसाई सराई गरी गएका छन । यसै गरी थापाथानामा ८ जना बसाई आएका छन भने ३५ जना वसाई गएका छन । यस्तै शंकर पोखरीमा ३ जना बसाई सराई आएका छन भने ८४ जना बसाई सराई गरी गएका छन । यस्तै मुडीकुवाबाट बसाई सराई जानेको संख्या २९ रहेको छ । खानी गाउँमा यसरी जनेको संख्या २१ रहको हो ।
यसै गरी देवीस्थानमा १७ जना वसाई आएका छन भने ५९ जना बसाई गएका हुन । लिमिठानामा १८ जना बसाई सरी आएका छन भने ४१ जना गएका हुन । ठानामौलामा ३३ जना बसाई सरी गएका छन । भंगारमा १जना बसाई आएका छन भने ५९ जना बसाई गएका छन । कुर्घामा ४ जना बसाई सरी आएका छन भने ५० जना बसाई गएका छन । वडा ११ पाङराङमा ७ जना बसाई सरी आएका छन भने ७९ जना बसाई सरी गएका छन । नगरका पन्जीकाअधिकारी ऋषि राम शर्माका अनुसार यो वर्ष मात्रै एक सय ५३ घर परीवार नगर पालिकाबाट बसाई सराईको प्रमाण पत्र लिएर सरेका छन ।
बसाई सराई दर बढनुमा नगरमा रोजगारीका अवसर नहुनु पहीलो कारण रहेको नगरको दावी छ । २४ हजार ६ सय ७८ जनसंख्या भएको नगर पालिकाबाट सय भन्दा बढी परीवारका पाँच सय भन्दा बढी संख्यामा बसाई सर्नुले धेरै जनसंख्या समेत बाहीरीएको छ । पहाडी भेगको सदरमुकाम पछिको दोस्रो नगर पालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाई सराईको दर बढी देखीएको नगर पालिकाले जनाएको छ । गाउँ गाउँमा सिँहदरबार आएर विकासे गतिविधिहरु गरेको नगरले जनाएको भएपनि धेरै घर परीवार बासाई सराईले सर्वसाधरणलाई विकासे गविधिहरुले नसमेटेको देखिन्छ ।
विकासको प्रथामीकतामा जनताको आवश्यक्ता भन्दा पनि जनप्रतिनिधिको महत्वकाँंछा बढी हुने पुर्वाधारको विकासलाई प्रथामीकता दिँदा शिक्षा, स्वाथ्य ,आय आर्जनका बाटाको खोजीका लागि पनि धेरै जनसंख्या बसाई सराई गर्नेको दर बढी रहेका हो । महेन्द्र जिसीले तयार गर्नुभएको समाचार पर्वत समाचारबाट साभार गरिएको




