१० माघ, पर्वत । जिल्लामा कुल २ सय ४ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको छ । वितेको ८ बर्षमा पर्वत जिल्लाले यति ठूलो उपलिब्ध हासिल गरेको हो । देशको चौथो सानो जिल्लामा वितेको ८ बर्षमा यति धेरै ग्रामीण सडक कालोपत्रे भएका हुन् । पछिल्लो समय जिल्लाका अधिकांश सडकहरु स्तरोउन्नतीको चरणमा रहेका छन् । ग्रामीण क्षेत्रको विकासमा यहाँका जनप्रतिनिधिहरुको इच्छा शक्ति पछिल्लो दिनमा उल्लेखनीय देखिन्छ । जिल्लाका ग्रामीण क्षेत्रलाई सुगम बनाउनका लागि जनप्रतिनिधिहरुले उल्लेखनीय काम गरेको स्पष्ट देखिन्छ । जिल्लामा ग्रामीण सडक सञ्जाल ३ दशक अघि देखि नै शुरु भएको थियो । वितेका ३ दशकमा स्तरोउन्नती नभएका ति सडकहरु ८ बर्षमा उल्लेखनीय रुपमा परिर्वतन भएका छन् ।
जिल्लामा सडक सञ्जालसंगै मोटरेवल पुलको पनि उल्लेखनीय विकास भएको छ । जिल्लामा कुल २४ वटा ग्रामीण सडकका मोटरेवल पुलको निर्माण कार्य सकिएको छ । ति पुलहरु अहिले सञ्चालनमा छन् । विभिन्न नदी नालाहरुमा पुल निर्माणले यो अवधिमा तिव्रता पाएको हो ।
जिल्लामा यो अवधिमा २ वटा ठूला आयोजना कार्यालयहरु मार्फत सडक पूर्वाधार निर्माणको काम भएका छन् । ग्रामीण सडक सञ्जल सुधार आयोजना र जिल्ला आयोजना कार्यालय भुकम्प मार्फत आयोजना गत कामहरु सम्पनन्न भएका छन् । उता, लोकमार्गहरु तर्फ मध्यपहाडी लोकमार्गको कार्यालय र कालीगण्डकी करिडोर आयोजना कार्यालय मार्फत पनि जिल्लामा सडक सञ्जाल सुधारका कामहरु यो अवधिमा सम्पन्न भएका छन् । जिल्लामा मुख्य गरी पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय मार्फत पनि सडक कालोपत्रे बनाउने, सडक स्तरोउन्नती गरी विकास र विस्तार गर्ने कामहरु सम्पन्न भएका छन् ।
पर्वत जिल्ला विकासको हिसावले अरु जिल्लाको तुलनामा तिव्र गति अघि बढेको तथ्यांकले बताउँछ । देशमा संघीयताको विकास भएपछिको पहिलो संघ तथा प्रदेशको निर्वाचनमा जनप्रतिनिधिहरुले जिल्लाका ग्रामीण सडकमा साइकल चढ्न मिल्ने बनाउने उद्घोण गरे बमोजीम यो अवधिमा सडक सञ्जालमा उल्लेखनीय सुधारका कामहरु भएकाछन् ।
कालोपत्रे सम्पन्न बाहेक अझै झण्डै १ सय ५० सय किलोमिटर सडकका मुख्य सञ्जाल सुधारको लागि योजनागत रुपमा अघि बढेको छ । यो अवधिमा संघ तथा प्रदेश सरकारबाट यी सडक आयोजनाहरुको निर्माण कार्य भएको हो ।
यो अवधिमा प्रतिनिधि सभामा पदम गिरी २ पटक निर्वाचित हुनुभएको छ भने राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी गणेश प्रसाद तिमिल्सीनाले ब्यतित गर्नुभएको छ । पहिलो कार्यकालमा प्रदेश सभामा विकास लम्साल तथा नेत्र अधिकारीले भूमिका निर्वाह गरेको देखिन्छ भने दोस्रो कार्यकालका लागि मित्रलाल बस्याल तथा भक्त कुँवर प्रदेश सभामा हुनुहुन्छ ।
विकास निर्माणको गतिमा निकै तिव्र गतिमा अघि बढेको पर्वतको विकासकामा संघ तथा प्रदेश सरकारका ठूला आयोजनाहरुले सम्बोधन गरेको देखिन्छ । यस बाहेक झण्डै १ दर्जन बढि ग्रामीण सडकहरुको निर्माण कार्य पनि भईरहेको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको बेलामा जिल्लाको विकास निर्माणको बहस पुनः सामाजिक सञ्जालमा छाएको देखिन्छ ।





