नारायण विश्वकर्मा, स्याङ्जा ।
स्याङ्जाको तुल्सीभञ्ज्याङ ८ भाटिमा रहेको श्री फेर्च नमखान महिला समुहको महिला भेला तथा नया कार्य समिती गठन कार्य सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले तुल्सीभञ्ज्याङ गाँउ कमिटीका अध्यक्ष तिर्थ कुमार थापाले महिलाहरुको सक्रियामा उदारणीय काम भएकोमा आफुलाइ खुसी लागेको उल्लेख गर्दै आफुले आमा समुहलाइ जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।
उहाँले एकतामा नै सवै भन्दा ठुलो वल हुनेमा जोड दिँदै सवै महिलाहरु एक जुट भएमा गाँउको मुहार चाँडै नै फेरीने विश्वास व्यक्त गर्नुभयो । भेलामा पुरानो समितीको कार्यभार समाप्त भएकाले पार्वती थापा पल्ली अध्यक्ष रहने गरी ९ सदस्यीय नया कार्य समितीको गठन गरिएको छ ।
जस्को उपाध्यक्षमा गंगादेवी थापामगर, सचिवमा चन्द्रादेवी थापा, सह सचिवमा शिला पल्ली, कोषाध्यक्षमा याममाया पल्ली, सदस्यहरुमा हिरा पल्ली, पिंकी पल्ली, कला सोमै, एलिना थापा लगाएत रहेका छन । त्यसै गरी महिला समुहको भेलावाट कामलाइ अझ प्रभावकारी बनाउन तिर्थ कुमार थापाको संयोजकत्वमा विशेस सल्लाहाकार समती पनि गठन गरिएको छ । सल्लाहाकार समितीको सदस्यहरुमा शिवराज थापा, ठाकुर वहादुर थापा, छमिसरा थापा, सोम वहादुर पल्ली, वल वहादुर पल्ली, श्री वहादुर पल्ली, खिम वहादुर थापा लगाएत रहेका छन ।
आमा समुहको नया कार्य समितीको तर्वबाट नव निर्वाचित अध्यक्ष पार्वती थापा पल्लीले आफुलाइ आमा समुहरुको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा निकै लोक प्रिय र रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समाजमा रहेका विकृति र विसंगति हटाउन र महिलाहरुलाइ सचेत वनाउन महिला समुहको निक्कै राम्रो भुमिका रहने भएकाले आफ्नो कार्य समितीले पनि ति कार्यहरुलाइ विशेश प्राथामीकताका साथ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
श्री फेर्च नमखान महिला समुहकी निवर्तमान अध्यक्ष छमिसरा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नव निर्वाचित अध्यक्ष पार्वती पल्लीले गर्नुभएको थियो भने सञ्चालन सुमित्रा थापाले गर्नुभएको थियो । फेर्च नमखान महिला समुहको सक्रियतामा र जन श्रमदान द्धारा नौ लाख वरावरको दुइतले पक्की भवन निमार्ण भएको छ ।





प्रतिकृया दिनुहोस्