६ असोज, पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीबाट पोखरासम्म चल्नेगरी विद्युतीय गाडी संचालनमा आएको छ । ठुलीपोखरीदेखि पोखरासम्मको भाडा दर ४ सय रुपियाँ रहेको एसी गाडी १६ सिट क्षमताको रहेको छ ।
यस अघि सोही रुटमा चल्ने गाडीको भाडादर ६ सय रहेको थियो । विद्युतीय गाडी चलेपछि यात्रुहरुलाई सस्तो र सहज भएको छ । सानो गाडी र डिलक्स सुबिधाको भएकाले बिरामी तथा अशक्तलाई समेत सहज हुने बताइएको छ ।
उक्त गाडी बिहान ७।३० बजे ठुलीपोखरी र दिउँसो २।३०बजे पोखराबाट छुट्ने गाडी संंचालनक सुरेश सुरेश क्षेत्रीले बताए । यो गाडी संचालनमा आएपछि पकुवा, ठुलीपोखरी, खौला,कार्किनेटा लगायतका यात्रुलाई सहज हुने छ ।
यस अघि कुश्मा बजारबाट पनि विद्युतीय गाडीले सार्वजनिक सवारी साधनको रुपमा सेवा प्रवाह गर्दै आइरहेका छन् । कुश्माबाट देशका विभिन्न भागमा सार्वजनिक सवारी साधनहरुको रुपमा ट्याक्सी र माइक्रोहरु सञ्चालनमा रहेका छन् । विद्युतीय सवारीमो चालु खर्च निकै कम हुने भएका कारण पनि यातायात ब्यवसायहरु अहिले विद्युतीय गाडी तर्फ आकर्षित भएका छन् ।




