Print

लेखक तथा पत्रकार घायल सम्मानीत


१७ वैशाख, पर्वत । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)ले लेखक तथा पत्रकार ओम शर्मा घायललाई सम्मान गरेको छ । संस्थाले आफ्नो स्थापनाको ३० बर्ष पुगेको अवसरमा लेखक तथा पत्रकार घायललाई सम्मान गरेको हो ।

साहित्य विधामा समेत कलम चलाउँदै आएका पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष घायललाई सामाजिक सञ्जालमा लेखकीय कौशलता मार्फत सकारात्मक सन्देशहरु प्रवाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो ।

संस्थाले सप्ताहब्यापी कार्यक्रम मनाउने सन्दर्भमा आयोजीत सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ कार्यक्रममा घायल सहित आधा दर्जन बढि ब्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ ।

सम्मानीय घायल एसबी मिडियाका प्रवन्ध निर्देशक हुन् । पर्वत जिल्लाको पहिलो साप्ताहिक मोदीकाली साप्ताहिकका सम्पादक समेत रहेका घायल विगत लामो समय देखि पर्वत जिल्लामा कार्यक्षेत्र बनाएर क्रियाशिल छन् ।