Print

कटुवाचौपारीमा नगरपालिकाको सार्वजनिक सुनुवाई : जनताका आशासंगै गुनासा पनि


१६ वैशाख, पर्वत । जिल्लाको सदरमुकाम नजिक रहेको वडा न ९ कटुवाचौपारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा त्यहाँका स्थानीयले जनप्रतिनिधिसंग आशासंगै गुनासा पनि राखेका छन् ।

सदरमुकाम नजिक भएर पनि बत्तिमुनीको अध्यारो झै भएको भन्दै स्थानीय केशवदास वैरागीले कटुवालाई कुश्मा बजार पछिको नगर उन्मुख वस्ती बनाउन नगरपालिकासंग अनुरोध गरे । वैरागीले स्थानीय श्रोत परिचालन गरी दिर्घकालीन योजना मार्फत शिक्षा र स्वास्थ्यमा उपलब्धिमूलक काम गर्न नगरपालिकालाई सुझाब समेत दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा दिपक लामिछानले शिक्षा क्षेत्रको विकास र विस्तारमा नगरपालिकाले ध्यान दिन जरुरी रहेको औल्याए । उनले स्मार्ट कक्षा सञ्चालन गरी प्रविधि मैत्री गुणस्तरीय शिक्षा सञ्चालन गर्न नगरपालिसंग माग गरे ।

स्थानीय घनश्याम लामिछानले योजनाहरुको डिजाइन स्टिमेट ढिला हुँदा आयोजनाहरुको कार्यान्वयनमा समस्या रहेको विषय औल्याए । उनले योजनाहरु छनौट गर्दा बस्ती स्तरबाट आएका आयोजनाहरुलाई लिपिबद्ध गर्न आग्रह गरे ।

अधिकारी फाँटमा रहेको अग्लो पुल देखि गायत्री मन्दिर हुँदै पिपलटारी जाने सडक निर्माण गर्न स्थानीय बाबुराम अधिकारीले नगरपालिकाको ध्यानाकर्षण गराए । बाँदर नियन्त्रण, गुरु योजना निर्माण, टोल विकास संस्थाको गठन गर्न माग गर्दै स्थानीय दिपक अधिकारीले शिक्षा र स्वास्थ्यको ठोस योजना निर्माण गर्न नगरपालिकालार्य सुझाब दिए ।

सडक निर्माण कार्यलाई ब्यवथित गर्न माग गर्दै स्थानीय राम अधिकारीले यस अघि नगरपालिकाले सार्वजनिक सनुवाई नगरेको कारण माग गरे । स्थानीय रामचन्द्र लामिछाने, चन्द्रेश्वर उपाध्याय, हरीशचन्द्र अधिकारी, खडानन्द पौडेल, देवी लामिछाने, तारकुमयरी शर्मा, सुरेश पिसी, लगाएतले नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुसंग विभिन्न विषयमा सबाल जवाफ गरेका थिए ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट उपप्रमुख स्वस्थानी रिजालले समग्र विषयवस्तु प्रतिबद्धता सहितको उत्तर दिएकी थिइन् । उनले सार्वजनिक सुनुवाई मार्फत जताको गुनासा सुन्न नगरपालिका निरन्तर जनताको घर आगनमा आउने समेत प्रतिबद्धता ब्यक्त गरिन । प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले जनताको साथ र सहयोग लिएर नगरपालिका अघि बढने विश्वास दिलाए । नगर शिक्ष अधिकृत विष्णुप्रसाद तिवारीले कतिपय अवस्थामा धेरै राम्रा कामहरु भए पनि मानवीय स्वभावले नराम्रा कामहरु मात्र देख्ने भएकाले राम्रा कामलाई निरन्तरता दिने र सुधार गर्नुपर्ने कामलाई सुधार गर्ने गरी नगरपालिका अघि बढने बताए ।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख डिलकुमारी शर्माले लक्षित कार्यक्रम सञ्चालन गर्दा सवैको सहभागीता हुँदै आएको बताइन । प्राविधिक शाखाका अंकित शर्माले योजनाहरुको स्टिमेट प्रक्रिया अनुसार नै हुने गरेको बताए ।

कुनपा ९ का वडा अध्यक्ष राम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लामिछानेले वडाबासीहरुको प्रश्नको उत्तर दिएका थिए । योजना शाखा प्रमुख देवी शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीलाई स्वागत गरेकी थिइन । जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा वडा सचिव साधना शर्माले वडाको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् ।