Print

अपरम्पार छ महिमा, तर गुमनाम छ सरकार


कालीगण्डकी नदी । जल सभ्यताको मात्र प्रतिक होइन् । महिमागान हो कालीगण्डकी । नदी सभ्यताले मात्र कालीगण्डकीको बयान पुग्दैन् । ऋषी महर्षीको तपोभूमि क्षेत्र हो कालीगण्डकी नदी । नदीले खियाएका ढुंगाहरुमा भगवानका प्रतिकहरु भेटिन्छन् । हिन्दु आर्य सभ्यतामा एउटा विश्वासको आस्था कालीगण्डकी नदी हो । नदीको महिमा नेपाल सरकारले बुझेको देखिदैन् । भारतका जनताले गर्ने अगाद विश्वास भित्र नदीको महत्व लुकेको छ । आस्थाले कालीगण्डकी नदीलाई कृष्णगण्डकीको अनुपम नामले चिनाउने धर्मग्रन्धहरुले के विश्वास मिल्छ भने, नदीको जलले शेषन गर्दा मोक्ष प्राप्ति मात्र होइन्, धर्मसिद्धि पनि हुन्छ ।

नदीको महत्व जति धेरै भए पनि नदीको तटमा पाइने ढुंगाहरुको पुजा जति धेरैले गरे पनि सरकार गुमनाम छ । सरकारले नदीको महत्व न देखाउन सकेको छ, न त सरकारले यसको अस्तित्व संरक्षण गर्न सकेको छ । नदीजन्य वस्तुको उत्खनन्को मापढण्ड छैन । संरक्षणको कार्य योजना छैन् । नदीको महत्व प्रवद्र्धन गर्ने सरकारसंग न इच्छा छ, न नीति र कार्यक्रम नै ।
दामोदर कुण्डबाट बहने जलधारा मुस्ताङको कागवेनी आइपुग्दा कालीखोलासंग मिलेपछि कालीगण्डकी नामांकन हुन्छ । भारतको अध्यायोले पुजेका नदी किनारका ढुंगा नेपालले पुज्न मात्र होइन, बुझन पनि सकेको छैन् ।

नदीमा भेटिने शालग्रामको महत्व लिखितम् दस्तावेजहरुमा पाइन्छन् । दस्तावेजमा लेखिएका महत्वको बृतान्तले मात्र नदीको प्रवद्र्धन हुन सकेको छैन् । नदी क्षेत्रका पवित्र तिर्थस्थलहरु, कागवेनी, गलेश्वरधाम, सहस्रधारा, मोदीवेणी, सेतीवेणी र देवघाट इश्वरीय शक्तिका प्रतिक क्षेत्रहरु हुन् । नदी किनारमा भेटिने ढुंगाहरुलाई हिन्दु धर्मशास्त्रमा शालिग्राम शिलाको रुपमा बर्णन गरिएको छ । शिला खोज्न, शिला भेट्न र शिला पुज्नका लागि कयौ हिन्दुहरु नदी किनारमा भेटिन्छन । कालीगण्डकी नदीमा भेटिने शालिग्रामलाई तत्कालीन सामुद्रिक जीवावशेषका रूपमा लिइन्छ ।

हिन्दू धर्मग्रन्थहरूमा कृष्णगण्डकी नदीको व्याख्या छ । वराह पुराणअनुसार महर्षि गण्डककी सुपुत्री गण्डकीले श्रीकृष्णको तपस्या गरी आफू गण्डकी नदी र श्रीकृष्णलाई सुपुत्रका रूपमा शालिग्रामका रूपमा प्रकट गरेको उल्लेख छ ।

श्रीमद्भागवत महापुराणमा नदीहरूमा श्रेष्ठ नदी कृष्णगण्डकी रहेको व्याख्या छ । भगवान् विष्णुले यस क्षेत्रमा तपस्या गरेको र नदीको उद्भवस्थल मुक्तिनाथमा लोककल्याणका लागि विराजमान भएको सन्दर्भ पनि धार्मिक ग्रन्थमा पाइन्छ ।

कालीगण्डकी नदीको पानीलाई हिन्दु धर्ममा जल भनिन्छ । त्यो जललाई पवित्र मानिन्छ । नदीमा स्नान गर्दा पाप कटनी हुने जनविश्वास छ । नदीको धार्मिक महिमा धेरै छ ।

भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि यहि नदीको ढुंगा लगिएको छ । नेपालकै ठूलो धार्मिक चक्र निर्माण गर्न चितवनको माडी (अध्योया) मा पनि कालीगण्डकी नदी कै ढुुंगा लगिएको छ । रौतहटको गडीमाइ नगरपालिका स्थित शिव मन्दिरमा यहिको ढुंगा लगिएको छ । हिन्दू धर्माबलम्बीहरुले घर घरमा शालिग्राम शिलाको प्रतिकको रुपमा यहाँका ढुंगाहरु राख्ने गरेका छन् ।

पवित्र धार्मिक जनविश्वास बोकेको कालीगण्डकी नदी पछिल्लो समय भने दोहनको चपेटामा छ । यहाँका ढुंगा र बालुवा अवैध तरिकाले उत्खनन गर्ने विक्री गर्ने गरिएको छ । मानवीय सभ्यताको प्रतिकको रुपमा कालीगण्डकीलाई संरक्षण गर्नु राज्यको दायित्व हो । दायित्व राज्यले पुरा भने गरेको छैन । अवैध उत्खनन् रोकिएको छैन् । भारतको अध्योयाबासीले बुझेको ढुंगाको महत्व नेपालले बुझन सकेको छैन् ।

नदीको आदिम सभ्यताको ब्याख्या मात्र होइन्, नदीको प्रचारात्मक र प्रवद्र्धनात्मक कार्यले यहाँको पर्यटन विकासको सम्भावना अझै ज्यूदाँे छ । नदीले आकार लिएका प्रतिकहरुमा स्थानीयले संरक्षणको भावना देखाउनसक्नु पर्छ । गुमनाम सरकारको एकपटक ध्यान जाओस् । (नदी संरक्षण सम्बन्धि सम्पादकको धारणा), १९ फागुन, २०८०