Print

राहुल गान्धीको सपनामा हरेक रात गौतम बुद्ध किन आउँछन् ?

एजेन्सी । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले आफ्नो सपनामा बाराम्बार गौतम बुद्ध आउने गरेको बताएका छन्। गौतम बुद्धसँगै उनले भगवान शिव पनि आफ्नो सपनामा आउने गरेको बताएका छन्। उनले शिव र गौतम बुद्धको तस्बिरमा भारतीय कांग्रेस पार्टीको झन्डा देख्ने गरेको बताएका छन्।

त्यस्तो दृश्य सपनामा बाराम्बार आएपनि एक बाबालाई सो समस्या बताउँदा उनले नडराउन सुझाब दिएको र त्यसले आउने भविश्य उज्ज्वल हुने संकेत गरेको उनले बताए।

भारतीय समाचार संस्थाहरुका अनुसार उनले सो कुरा दिल्लीस्थित तालकटोरा स्टेडियममा आयोजित कांग्रेस र्यालीलाई सम्बोधन गर्ने क्रममा बताएका हुन्।

सो क्रममा उनले नोटबन्दी गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरुलाई डर देखाएको बताए। तर उनले कांग्रेस पार्टी रहेसम्म डराउनु नपर्ने भनि सहभागीहरुलाई विश्वस्त तुल्याएका थिए।

सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री मोदीप्रति कयौं संगीन आरोपहरुसमेत लगाएको खबर भारतीय समाचार संस्थाहरुले प्रकाशित गरेका छन्। मोदीले मिडिया, प्रशासन सहित सम्पूर्ण सरकारी अधिकारीहरुलाई मोदीले डर देखाएको आरोप लगाएका थिए।

उनले भारतमा छिट्टै राम्रो दिनको सुरुवात हुने र २०१९ मा कांग्रेस सत्तामा आउने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस