बिराटनगर । दक्षिणी छिमेकी देश भारत नेपालबाट विश्वकै खतरनाम आतंकबादी संगठन इश्लामिक स्टेट आइएसको घुसपैठ हुनसक्ने भन्दै सतर्कमा बसेको छ । भारतले आइएसको घुसपैठ रोक्ने भन्दै सीमामा सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।
भारतीय पत्रिका अमर उजालाका अनुसार भारतले नेपालमा आइएसआईका दुई आतंकबादी पक्राउ भएको भन्दै नेपाल–भारत सीमानामा एसएसबीलाई हाई अलर्टमा राखिएको जनाएको छ । प्रहरीसंगै एसएसबी र विभिन्न अनुसन्धान प्रणालीलाई सीमामा सतर्क रहन निर्देशन दिएको छ ।
उत्तराखण्डमा विधानसभा चुनाव र गणतंत्र दिवसकै सीमामा पहिलेदेखि नै सुरक्षा व्यवस्था कडा गरिएको थियो । गणतन्त्र दिवसका बेला नेपालमा आईएसआईका दुई आतंकबादी पक्राउ परेपछि सीमामा हाई अलर्ट गरेर सुरक्षा एजेन्सीलाई सतर्क गरिएको हो ।
एसएसबी छैटौं वाहिनीका कमाण्ड केसी रानाले भनेका छन्– ‘गणतंत्र दिवस र उत्तराखण्डमा हुने विधानसभा चुनावलाई मध्यनजर गर्दै एसएसबी पहिलेदेखि नै सतर्क रहेको छ । तर, आईएसआईका दुई आतंकबादी नेपालमा पक्राउ परेपछि सीमामा हाई अलर्ट गरिएको हो ।’ उ
नका अनुसार नेपालको बारा जिल्लाबाट दुई जना पक्राउ परेका हुन् । उनीहरुको नाम खुलाइएको छैन् । साथै अन्जान नेपाली नागरिकलाई पनि भारत प्रवेशमा ध्यान दिन निर्देशन दिइएको छ । यसमा विषेश यन्त्रको प्रयोग गर्न सकिने भनेको छ । बनबसा सीमामा एसएसबीले पेट्रोलिङ्ग बढाएको छ ।





प्रतिकृया दिनुहोस्