१८ माघ, पर्वत । प्रगतिशिल पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर हाजीरिजवाफ प्रतियोगीता गर्न लागेको छ । पर्वत शाखाको हिजो सम्पन्न वैठकले जनवर्गिय संगठनहरुका वीचमा हाजिरिजवाफ प्रतियोगीता गर्न लागेको जिल्ला शाखाका अध्यक्ष कृष्ण अखेलीले जानकारी दिए ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर आगामी माघ २२ गते हाजीरिजवाफ प्रतियोगीता हुन लागेको हो । प्रतियोगीतामा नेकपा एमाले निकट जनवर्गिय संगठनहरुको सहभागीता रहने अध्यक्ष अखेलीले जानकारी दिए । प्रतियोगीतामा ३ जनासम्म सहभागी हुन पाउनेछन् । प्रतियोगीतामा प्रेस चौतारी, नेकपा एमाले र कम्युनिष्ट क्रान्तिका विषयमा प्रश्नहरु तयार गरी हाजीरिजवाफमा सोधिने शाखाले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको अधिक उपयोगका कारण अध्ययनमा कमी भएकाले पनि अध्ययन गर्ने बानीको विकास गराउनका लागि यस्तो रचनात्मक कार्यक्रमको आयोजना गरिएको शाखाका सचिव दिपेश विक बताउँछन् ।
पर्वत सदरमुकाम कुश्मा बजारको शिवालय क्याम्पस परिसरमा शाखाले कार्यक्रमको आयोजना गरेको छ ।




