Print

एमालेको मध्यपहाडी यात्रा : सांसद गिरीले सुनाए पर्वत विकासका १० ठूला योजनाहरु


२२ मंसिर, पर्वत । एमालेले सञ्चालन गरीरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको सम्बृद्धिका लागि सकल्प यात्रामा पर्वत जिल्लाको कुश्मामा जनसभा सम्पन्न भएको छ । जनसभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए । अध्यक्ष ओलीको सम्बोधन पूर्व एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पर्वतबाट निर्वाचित सांसद पदम गिरी पर्वतका विकास आयोजनाका माग पत्रहरु प्रस्तुत गरे ।

मुख्य १० माग पत्रमा सडक सञ्जालको विकास र विस्तार उनको पहिलो माग थियो । कालीगण्डकी करिडोर, पामे भदौ कार्किनेटा लुंखु बहाकी सेतीवेणी सडक, मिलनचोक लेकफाँट शालिजा नागी सडक, दोविल्ला गगटे आर्थर सडक, बयरघारी भोर्ले काहु जैमनी आरुभञ्याङ बाच्छा सडक, कार्किनेटा फलेवास जैमीनी गल्कोट सडकमा वर्तमान सरकारकाले बजेट उपलब्ध नगराएको गिरीले दावी गरे । गिरीले कालीगण्डकी बहुउदेश्यीय परियोजनाको सम्भाब्यता अध्ययनको काम पनि अलपत्र परेको बताए । यी सवै कामहरु एमालेको नेतृत्वमा अघि बढेको गिरीको दाबी थियो ।

कार्यक्रममा गिरीले भने ‘ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०७५/७६ सालको बजेटको घोषणा गरेको पोखराको हेम्जा देखि पर्वतको नजिकै रहेको नयाँपुल जोड्ने शुरुङ मार्गको विस्तृत अध्ययन अझै सम्पन्न हुन सकेको छैन ।’

गिरीले पालिका स्तरीय अस्पतालका भवनहरु समेत निर्माण सम्पन्न हुन नसकेको कुरा अध्यक्ष ओली मार्फत एमालेको केन्द्रिय नेतृत्वलाई सुनाए । पर्वत अस्पतालको विषयमा बोल्दै गिरीले भने –‘५० शैयाको क्षमताको भवन ओली सरकारकै पालामा शुरु भएको थियो, अहिले सम्पन्न हुँदैछ तर ५० शैयाको स्विकृति सहितको दरवन्दी नहुँदा सेवा प्रभावित भईरहेको छ । ’

एमालेका प्रमुख सचेतक समेत रहेका गिरीले कार्यक्रममा सामुदायिक क्याम्पसहरुमा सरकारको सहयोग नपुग्दा सवै क्याम्पसहरु समस्याग्रस्त रहेको जानकारी गराए । कुश्मा कल्लेरी कैया मोटरेवल पुल, कुश्मा ज्ञादी जोड्ने झाप्रेवगर मोटरवेल पुल अझै बन्न नसकेको गिरीको भनाई थियो ।

महाशिलाको फलामखानी र मोदीको माटे ढुंगाको उत्खननको काम अलपत्र रहेको भन्दै त्रिवेणीधाम रिडी सेतीवेणी मोदीवेणी गुप्तेश्वर सहस्रधारा गलेश्वर मुक्तीनाथ धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने महत्वकाक्षी योजना समेत गिरीले सुनाए । लम्की स्किनबाट प्रभावित किसानहरुलाई क्षतिर्पूति हालसम्म पनि उपलब्ध नभएको भन्दै कृषि उपज संकलन केन्द्रको निर्माण गरी कृषि उत्पादनलाई बजारीकरणमा समेत पर्वत जिल्लामा अझै समस्या भईरहेको गिरीको भनाई थियो ।