– गणेश गिरी
एमाले जिल्लाको पहिलो शक्ति मात्र होइन, स्थानीय तहको निर्वाचनमा सवै पालिकामा बहुमत सदस्य जितेको पाटी हो । विभाजनको मारमा एमालेले जिल्लाका ३ वटा निर्वाचनमा बेजोड सफलता प्राप्त गरयो । स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा सवै पालिकाहरुमा बहुमत प्राप्त एमालेले जिल्ला समन्वय समितिको नेतृत्वको अवसर पनि प्राप्त गरयो । स्थानीय तहको मतपरिणामको सन्देश सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेले फेरी नयाँ रेकर्ड कायम गरयो । प्रतिनिधि सभाको एक सिट र प्रदेश सभाका २ सिटमा नै विजय हासिल गरेको एमालेले ठूला दलहरु प्रतिको ब्यङगलाई पर्वतबाट गतिलो सबक सिकायो । स्वतन्त्र पाटीको नाउँमा नयाँ शक्तिको उदय भइरहेको बेलामा एमालेलाई एक्लो बनाउनका लागि कांग्रेस, माओवादी, समाजवादी लगाएतका ५ दलीय गठबन्धन निर्वाचनमा देखा परेको थियो । ति सवै शक्ति मिल्दा पनि एमालेले निर्वाचन जितेपछि पर्वतलाई एमालेले पाटीको लागि उर्बर भूमिको रुपमा चित्रण गरेको हो ।
एमालेले मध्यपहाडी लोकमार्गमा सम्बृद्धिका यात्रा तय गरेपछि पर्वत जिल्लाका लागि बृहत जनसभाको आयोजना गरेको थियो । जनसभामा एमालेका केन्द्रिय अध्यक्ष केपी ओली मात्र होइन, केन्द्रिय सवै पदाधिकारीको उपस्थिती थियो । एमालेले सञ्चालन गरेको यो यात्रामा पर्वत जिल्लाको कुश्मामा आयोजना गरेको बृहत जनसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुभयो । उहाँको सम्बोधन सुन्नकै लागि उपस्थित ठूलो जमातले जिल्लाका लागि नयाँ सन्देश दिएको छ । १) एमाले प्रतिको क्रेज बाँकी नै छ । २) सम्बृद्धिको सपना एमालेसंग मात्र छ । यसको पुष्टि हुने अर्को आधार हो, एमाले अध्यक्ष ओलीले अघि सारेको रेल सपना । यति बेला विपक्षीहरुले रेल केपी ओलीसंग मागेका छन् । नेपालीको रेल चढ्ने सपना केबल ओलीसंग मात्र भएको यहि कुराले पनि पुष्टि गर्छ । ओलीले रेल मात्र होइन, खानी उत्खनन् को पनि परिकल्पना गरे । उनले प्रसान्त महासागरमा नेपालकै पानी जहाज चलाउने संकल्प पनि गरे । ओलीले गुमेको भूमि समेटेर नयाँ नक्सा पनि जारी गरे । ओली सरकारमा हुँदा प्रतिदिन १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो । ओली कै नेतृत्वमा सवै पालिकामा अस्पतालका भवनहरुको निमाण कार्य शुरु भएको छ । देश विकासका स्वप्नद्रष्टा भएकै कारण ओलीसंग जनताले विकास मागेका छन् । नयाँ सपना मागेका छन् ।
मुर्छित सपना देख्ने ओली, नेपाली राजनीतिमा सम्बृद्धिका लागि पागल नेता हुन् । उनले देखेका सपना पुरा नहुने भन्दै विपक्षीले सम्बृद्धिको परिकल्पना नै गर्दैनन । बेलायतमा २ सय बर्ष अघि सञ्चालनमा आएको रेलमा चढेर केहि नेपालीहरुले ओलीले नेपालमा रेल चलाउने भनेको भनेर गाली गर्छन् ।
विकसित देशका विकसित शहरहरुमा बसेका नेपालीहरुले ओलीले देश बनाउछु भन्दा विरोध गर्दछन् । तर बान्द्रेवीडि चौरमा उपस्थित भिडले भने त्यो कुरालाई इन्कार गरेको छ । सपना देखेपछि मात्र त्यसले विपनामा सार्थकत्व पाउँछ भन्ने कुरा । समकालीन नेपाली राजनीतिमा देश विकासको सपना देख्ने नेता भेट्न गाह्रो छ । त्यहि भिडमा ओली नायक बनेका छन् । आफ्नो पाटी भित्रका अनेकन उतारचढाव, पाटीको मिलन, विग्रह, विभाजनमा ओलीको आफ्नै खालको भूमिका होला । नेताहरु वीच यो विषयमा अनेकन धारणाहरु होलान् तर सम्बृद्धिका खातिर देखेका मुर्छित सपनाहरु ब्यूझाउने शक्ति अरु नेतामा देखिदैन ।
देश अहिले आर्थिक मन्दिको चपेटामा छ । आर्थिक अवस्था भयावह बन्दैछ, यस्तो अवस्थामा राजनैतिक शक्तिहरु मिल्ने, देश बनाउने भन्ने सपना अझै नेताहरुमा पलाउन सकेको छैन । मध्यपहाडी लोकमार्ग अभियानले एमाले पाटीमा नयाँ लहर छाएको छ, कार्यकर्तामा उत्साह बढेको छ । यहि वीच सरकारमा उत्साह बढ्नुपर्नेछ । विकासका नयाँ आयामहरुमा सरकारले नयाँ कदम चाल्नुपर्नेछ । २४ मंसिर, २०८०