कृष्ण आचार्य, काठमाण्डौ ।
पछिल्लो समय दोकदोहोरीमा निकै राम्रो सिर्जनाहरु एक पछि अर्को आउने क्रम चलिरहेको छ । यसै क्रममा तेजेन मल्ल र शंकर शर्माको नयाँ गीत भाले जुधाई पनि सार्वजनिक भएको छ ।
सार्वजनिक भएको छोटो समयमानै गीत प्रति सबै स्रोता दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।
गाँउ घरमा बोलीने टिपिकल भाषालाई विषय बस्तु वनाई गीत तयार पार्न माहिर मानिने सर्जक तथा गायक तेजश रेग्मीले भाले जुधाईमा पनि आफ्नो पनलाई छोडेका छैनन् ।
केटा, केटा र केटा, केटी विच रहेको रमाइलो दोहोरीमा साथीभाई सँगका रमाइलो कुरालाई विषय बस्तु बनाइएको छ । तेजश रेग्मी,तेजेन मल्ल र पुर्णकला वि.सीले आवाज दिएको सो गीतमा लय र शव्द तेजश रेग्मीको रहेको छ ।
तेजेन मल्ल र शंकर शर्माको संयुक्त प्रस्तुती रहेको सो गीत कामना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।




प्रतिकृया दिनुहोस्