Print

पर्वतका ३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरीए, मोदीमा गौतम

२५ साउन, पर्वत । आर्थिक बर्षको अन्त्यसंगै जिल्लाका ३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । १ नगरपालिका सहित अन्य २ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।

जिल्लाको फलेवास नगरपालिकामा यस अघि कृष्णप्रसाद श्रेष्ठको ठाउँमा नेत्र पौडेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् । उता, जलजला गाउँपालिकामा पनि राजेन्द्रबहादुर क्षेत्रीको ठाउँमा कुशल सुवेदीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मवारी सम्हालेका छन् ।

गाउँ तथा नगर कार्यपालिका र सभाहरुमा सचिव पदको भूमिका निर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृतको संघीय सरकारले सरुवा गरेको हो ।

यसै वीच जिल्लाको मोदी गाउँपालिकामा पनि किसानबहादुर क्षेत्रीको ठाउँमा कमल गौतमको सरुवा भएको छ । मंगलबार एक कार्यक्रमका वीच क्षेत्रीको विदाई र गौतमको पदस्थापना भएको छ । गाउँपालिकाको सभाहलमा आयोजीत कार्यक्रमका वीच ३३ महिना गाउँपालिकामा कार्यभार सम्हालेका क्षेत्रीको विदाई गरिएको हो । क्षेत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा सरुवा भएर गएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कमल गौतमले मंगलबार देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।

स्वागत तथा विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, गाउँपालिकाका संस्थापक अध्यक्ष प्रेम पौडेल, संस्थापक उपाध्यक्ष सेती महत, शिक्षा अधिकृत झक प्रसाद गौतमले स्वागत र विदाई मन्तब्य राखेका थिए । सरुवा भएर गाउँपालिकाबाट विदा भएका क्षेत्रीले गाउँपालिकामा काम गर्दा सम्पर्क समन्वय बढेको र नयाँ धेरै कामहरुको सिकाई भएको बताए । नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत गौतमले सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकाक्षा पुरा गर्न सवै राष्ट्रसेवक कर्मचारीहरु इमान्दारीकता साथ काममा लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कार्यालयका अन्य कर्मचारीहरु स्वागत र विदाई कार्यक्रममा सहभागी थिए । कार्यक्रमको सञ्चालन अधिृकत प्रविन पोख्रेलले गरेका थिए ।