Print

सडक कालोपत्रेका लागि सरकारले ठेक्का नखुलाएपछि सांसद गिरीले गराए सरकारको ध्यानाकर्षण

२६ साउन, पर्वत । संघीय सांसद पदम गिरीले पर्वत जिल्लाका ७ वटा ग्रामीण सडकहरु डिपिआर भएर पनि सरकारले ठेक्का प्रक्रियामा नलगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पर्वतबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ निर्वाचित सांसद गिरीले जिल्लाका ७ वटा सडकहरुको नाम उल्लेख गर्दै ति सडकहरु ठेक्का प्रक्रियामा तत्काल लैजान सरकारसंग माग गरेका हुन् ।

ग्रामीण पहुँच कार्यक्रम आरसिआइपि अन्तर्गत छनौट भई डिपिआर समेत सम्पन्न भएका सडकहरु वर्तमान सरकारले ठेक्काको प्रक्रियामा नलगेको भन्दै गिरीले आक्रोस ब्यक्त गरेका हुन् ।

उनले गिरीले संसद वैठकमा बोल्दै पातिचौर–बाजुङ्ग–क्याङ–नागी, मिलनचोक रातामाटा– सालिजा सडक, जैमुनिटघा–खानिगाउँ खलडाँडाँ हुँदै कार्कीनेटा सडक, देवीस्थान (ओखले) लमाए लिमिठाना ठानामौला बेतनी थापाठाना सडक, रतिखोला चित्रे भदौरे सडक, दोबिल्ला पकुवा गंगट –आर्थर सडक, त्रिवेणी टकलाक सिगरकोस सडकलाई तत्काल ठेक्का प्रक्रियामा लैजान गिरीले माग गरेका हुन ।

यस अघि यी सडकहरु आरसिआइपि कार्यक्रम अन्तर्गत छनौट भएर कालोपत्रेको लागि डिपिआर समेत तयार भएको छ ।

मिलन चोक–रात्माटा–शालिजा–लेकफाँट सडक कालोपत्रेका लागि डिपिआरको काम शुरु

पातिचौर-बाजुङ-क्याङ-नागी सडक कालोपत्रेको लागि बजेट विनियोजन

ट्रयाक खनिएको २० बर्ष पछि पर्वतमा सडकहरु धमाधम कालोपत्रे हुँदै

५ बर्षमा पर्वतमा १ सय १३ किलोमिटर ग्रामीण सडक कालोपत्रे, १२ मोटरेवल पुल बने

पर्वतको धाइरिङ घटनाका पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग सांसद गिरीको माग