Print

फलेवासको नगर सभा विवाद : एमाले जनप्रतिनिधि भन्छन्–‘नीति कार्यक्रम कार्यपालिकामा पेश नै भएन’

१८ असार, पर्वत । जिल्लाको फलेवास नगरपालिकाको नगर सभा अझै अनिश्चित बनेको छ । नगर सभाका सदस्यहरुका वीचमा मतान्तर र दुरी बढ्दै जाँदा नगर सभा अनिश्चित बनेको हो । नगर सभाको मिति असार १० गते तोकिए पनि उक्त मितिमा नगर सभा हुन सकेन् । नगर सभा हुन नसकेपछि गठबन्धनका जनप्रतिनिधि र एमालेका जनप्रतिनिधिहरु आपसमा आरोप प्रत्यारोपमा उत्रेका छन् ।

यस अघि गठबन्धनका जनप्रतनिधिहरुले एमालेका कारण नगर सभा हुन नसकेको आरोप लगाएका थिए । वडा अध्यक्ष अच्युत तिवारीलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुमा एमालेले कर घटाउन नमानेपछि र नगर वस सञ्चालन गर्न अवरोध गरे पछि नगर सभा अवरुद्ध बनेको विषय सार्वजनिक भएको थियो ।

यसको प्रतिपाद गर्दै एमालेका जनप्रतिनिधिहरुले त्यसको खण्डन गरेका छन् । नगर सभा अघि कार्यपालिकाको वैठकमा पेश हुनुपर्ने नीति तथा कार्यक्रम नगर प्रमुखले पेश नगरेका कारण नगर सभा अवरुद्ध बनेको उनीहरुले उल्लेख गरेका छन् । कर र नगर वसको विषय कार्यपालिकामा प्रवेश नै नगरेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले विज्ञप्ति जारी गरेका छन् ।

नगर सभाको मध्यविन्दु खोजेर बजेट ल्याउनुपर्ने समय घर्कदै जाँदा जनप्रतिनिधिहरु वीचको विवाद छताछुल्ल हुँदै गएको छ । नगरप्रमुख गंगाधर तिवारीले सवै जनप्रतिनिधिहरुसंग निरन्तर वार्ता र सम्बाद भए पनि सहमति अझै हुन नसकेको उल्लेख गरे ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको बहुमत भएका कारण फलेवास नगरपालिकामा नगरप्रमुख तिवारी अल्पमतमा छन् । कार्यपालिकाको वैठकमा नीति तथा कार्यक्रमका मुख्य बुँदा मात्र प्रस्तुत गरेका तिवारी समक्ष एमाले जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रमको हुबहु पेश गर्नुपर्ने माग राख्दै आएका छन् ।
नगरप्रमुख तिवारीले यस अघिका कार्यक्रममा कैची लगाउन सक्ने अनुमान गर्दै एमाले जनप्रतिनिधिहरुले नीति कार्यक्रम र बजेट बहुमत सदस्यद्धारा अनुमोदित हुने गरी ल्याउनुपर्ने अडान लिँदै आएका छन् ।

नीति तथा कार्यक्रम मौखिम रुपमा प्रस्तुत भएपछि आफूहरुले विरोध गरेको र त्यस पछि कार्यपालिका वैठक र नगर सभा स्थगीत भएको कार्यपालिकाका १३ जना सदस्यहरुले विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । नगर प्रमुखको सचिवालय र गठबन्धन दलका कार्यपालिका सदस्यहरुले भने औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

पर्वतमा बजेट भित्राउन जनप्रतिनिधि मात्र होइन् कलाकार पनि सक्रिय

संघर्षले जन्माएको शाहस

नगरपालिकाको सुविधा नलिने मेयर तिवारीको घोषणा