१० असार, पर्वत । पेशाले कलाकार । गीत सर्जक, गायक तथा संगीतकार । आफू जन्मेको ठाउँलाई विकासको पथमा हिडाउनका लागि भने सधै तयार कस्तुप पन्त ।
आधुनिक सुगम संगीतमा धेरै संगीत उत्पादन गर्ने सर्जक हुन कस्तुप पन्त । लोक संगीतको धुनबाट सांगेतिक क्षेत्रमा प्रवेश गरेका पन्त पछिल्लो समय सामाजिक काममा पनि सक्रिय हुन थालेका छन् । आफू जन्मेको गाउँको विकास गर्न सवै पक्ष एकजुट हुनुपर्छ भन्ने सिद्धान्तलाई अंगिकार गर्दै पन्त यति बेला मन्त्रालयहरुमा जिल्लामा बजेट भित्राउन सक्रिय बनिरहेका छन् ।
पछिल्लो ५ बर्षमा पर्वत जिल्लामा पूर्वाधारको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको छ । सडक कालोपत्रे भएका छन्, मोटरेवल पुल बनेका छन् । स्वास्थ्यचौकी र विद्यालयहरुका भवन बनेका छन् । अस्पतालमा सुधारका काम भएका छन् । धेरै नदी नाला र खोल्साहरुमा झोलुंगे पुल बनेका छन् । विकासको यो रप्तारसंगै अघि बढेका राजनैतिक दलका जनप्रतिनिधिहरुलाई थप साथ दिन यति बेला राजधानीमा कलाकार पन्त पनि सक्रिय बनेका छन् ।
५ बर्षमा पर्वतमा १ सय १३ किलोमिटर ग्रामीण सडक कालोपत्रे, १२ मोटरेवल पुल बने
दलका नेताहरुसंगकै सम्पर्कमा उनले आफ्नो गाउँमा १ करोड बराबरको सडक योजनामा रकम विनियोजन गरेका छन् । ‘सडक सम्पन्न गर्ने जिम्मेवारी मेरो भयो’ उनले मुख्य सडकहरु कालोपत्रेको चरणमा रहेकाले आफूले शाखा सडकहरुमा बजेट भित्राउनका लागि पहल गरेको खुलासा गरे ।
आगामी आर्थिक बर्षका लागि फलेवास ७ लिमिठाना स्थित खर्राचौर गाडखोला देखि लिमिठाना मावि हुँदै वडा कार्यालयसम्मको सडक स्तरोउन्नतीका लागि १ करोड रकम पन्तकै पहलमा विनियोजन भएको छ । उक्त सडकलाई कालोपत्रे गरी सम्पन्न गर्न थप रकम लाग्ने भएकाले आफूले जिल्लाका जनप्रतिनिधिहरु र मन्त्रालयका उच्चपदस्थ ब्यक्तिहरुसंग सम्पर्कमा रहेर थप रकम विनियोजनको लागि पहल गर्ने बताए । पन्त फलेवास नगरपालिका वडा न ७ लिमिठानाका बासिन्दा हुन् ।
पुराना समाचारहरु पनि पढ्नुहोस्
पर्वतेली सर्जक कस्तुप पन्तको शब्द, संगीतमा ‘विर्सेको त छैन मैले’ बजार
कस्तुप पन्तले ल्याए पर्वत चिनाउने मौलिक तीज गीत (भिडियो सहित)




