३१ वैशाख, पर्वत । जिल्लाका ७ वटै पालिकाहरुमा मत गणना जारी छ । स्थानीय तहको निर्वाचनको लागि भएको निर्वाचनको मत गणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मत परिणाम अनुसार जलजला गाउँपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकामा एमालेले अग्रता दिएको छ भने कुश्मा, विहादी र पैयूमा कांग्रेसको अग्रता छ ।




