Print

थप २ वडामा एमालेका वडाअध्यक्ष विजयी

३१ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा थप २ वटा वडाहरुमा एमालेका उमेदवार विजयी भएका छन् । योसंगै जिल्लामा कुल ३ वटा वडाहरुमा एमालेले विजयी हासिल गरेको छ ।
जिल्लाको जलजला गाउँपालिका वडा न २ मा प्रकाश जिसी विजयी भएका हुन् । वडा अध्यक्षका उम्मेदवार जिसीले ६४५ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोविन्द खत्रीले ४०२ मत प्राप्त गरेका छन् ।

यसैगरी महाशिला गाउँपालिकाको वडा न १ मा तिलबहादुर मल्ल पनि वडा अध्यक्षमा विजयी भएका छन् । मल्ले ४९९ मत ल्याउँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवारले ३९४ मत ल्याएका थिए ।