३० वैशाख, पर्वत । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज देश भर मतदान हुँदैछ । पर्वत जिल्लाका ६१ वडाहरु र ७ पाालिकाहरुमा पनि जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको छ ।
निर्वाचनको लागि सम्पूर्ण रुपमा तयारी पुरा भएकाले आज विहान ७ बजेदेखि सवै मतदान केन्द्रहरुमा मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको लागि ७४ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।
९ सय भन्दा बढि उमेदवारहरु रहेको पर्वत जिल्लामा एमालेको विरुद्धमा सवै राजनैतिक दलहरुले गठबन्धन गरेका छन् । गठबन्धनका विरुद्ध एमाले चुनावी मैदानमा छ भने यस अघि नै २ वटा वडा सदस्यहरु भने एमालेको तर्फबाट सर्वसहमत निर्वाचित भईसकेका छन् ।
७ पालिकाहरु ६१ वडाहरुको नेतृत्वको लागि हुने निर्वाचन बेलुका ५ सम्म चल्नेछ । निर्वाचन सकिए पछि सवै मतदान केन्द्रहरुको मत पेटिका सम्बन्धित पालिकाहरुको पालिका केन्द्रमा लगिने छ भने आज राती वा भोली देखि नै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।




