Print

भोली स्थानीय तहको मतदानको दिन, पर्वतमा कुन नेताले कहाँबाट गर्दै छन् मतदान ?

२९ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन भोली ३० गते हुँदैछ । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएकोछ । भोली हुने निर्वाचनका लागि सुरक्षा ब्यवस्था कडा पारिएको छ भने मतदान केन्द्रहरुको निर्माण कार्य पनि सकिएको छ ।

जिल्लामा कुल १ लाख २२ हजार मतदाताहरु मतदान प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

मतदानका लागि सदरमुकामा रहेका मतदाताहरु आफ्नो मतदान केन्द्र रहेको वडाहरुमा पुगिसकेका छन् । निर्वाचनमा मतदान गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना पर्वत आइपुगेका छन् । उनले मोदी गाउँपालिका वडा न ७ राम्जादेउराली मतदान गर्नेछन् । वडा न ७ मा रहेको पशुपति मावि मतदान केन्द्रबाट तिमिल्सीनाले मतदान गर्नेछन् ।

यसैगरी प्रतिनिधि सभाका सांसद तथा एमाले केन्द्रिय सदस्य पदम गिरीले कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा रहेको मतदान केन्द्रबाट उनले मतदान गर्नेछन् । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद लालकाजी गुरुङले पनि कुश्मा नगरपालिका वडा न ३ दुर्लुङबाट नै मतदान गर्नेछन् ।

उता, संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुन जोशीले कुश्मा नगरपालिका वडा न ४ मा रहेको नारायण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् भने एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य कल्पना चापागाईले मोदी २ देउपुरमा जननेत्र माविबाट मतदान गर्नेछिन् ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पनि मतदानका लागि पर्वत आएका छन् । उनले कुश्मा नगरपालिका वडा १ पाङबाट मतदान गर्नेछन् भने प्रदेश सांसद तथा एमाले नेता विकास लम्सालले फलेवास नगरपालिका वडा न ५ खानीगाउँबाट मतदान गर्नेछन् । प्रदेश सांसद जुनादेवी नेपालीले भने कुश्मा नगरपालिका वडा न १० पिपलटारीबाट मतदान गर्दैछिन् ।