Print

पर्वतमा ३१९ पदका लागि ८६० जनाको उमेदवारी

१७ वैशाख, पर्वत । जिल्लामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८६० जनाको उमेदवारी कायम रहेको छ । अन्तिम नामावली प्रकाशन गर्दै जिल्ला निर्वाचन कार्यालयले ८६० जनाको उमेदवारी रहेको जनाएको हो ।

कुल ३१९ पदका लागि पर्वत जिल्लामा ७ पालिकाका ६१ वटा वडाहरुमा आगामी वैशाख ३० गते मतदान हुँदैछ । स्थानीय तहको दोस्रो पटक हुन लागेको निर्वाचनमा ८६० जनाको उमेदवारी कायम रहेको छ । यस मध्ये नेकपा एमालेको तर्फबाट २ जना वडा सदस्यहरु यस अघि नै निर्विरोध निर्वाचित भएका छन् ।

कुश्मा नगरपालिकामा २०१ जना, फलेवास नगरपालिकामा १५७ जना, विहादी गाउँपालिकामा ७८ जना, मोदी गाउँपालिकामा ११९ जना, जलजला गाउँपालिकामा १३३ जना, महाशिला गाउँपालिकामा ७२ जना र पैयू गाउँपालिकामा १०० जनाको उमेदवारी परेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।