१७ वैशाख, पर्वत । नेपाली कांग्रेसका नेता यामबहादुर मल्लले पर्वतमा कांग्रेसका कार्यकर्ता रोएर बसेको बताएका छन् । एक अनलाईन युट्ुव च्यानललाई अन्तरवार्ता दिदै मल्लले यस्तो बताएका हुन् ।
जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले गठबन्धनको नाउँमा स्वयम् कांग्रेसका नेता तथा कार्यकर्ता पिडित बनेको बताएका हुन् । उनले अन्तरवार्तामा टिकट वितरण प्रक्रिया समेत पर्वत कांग्रेसमा गलत तरिकाले भएको बताएका छन् ।




