Print

एमालेले खोल्यो पर्वतमा पहिलो खाता, मोदी गाउँपालिकामा वडा सदस्य निर्विरोध

१३ वैशाख, पर्वत । नेकपा एमालेको तर्फबाट उमेदवार बनेकी एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । दलित महिला सदस्य तर्फ मोदी गाउँपालिका वडा न ४ की लक्ष्मी विक निर्विरोध निर्वाचित भएकी हुन् ।

नेकपा एमालेको तर्फबाट उमेदवारी दिएकी विक मोदी ४ क्याङमा निर्विरोध निर्वाचित भएसंगै मोदी गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको छ । उनी यस अघि पनि सोहि वडामा दलित महिला सदस्यमा विजयी भएकी थिइन् ।

उक्त वडामा अरु कुनै पनि राजनैतीक दलको उमेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय मोदीले जनाएको छ ।