१३ चैत, पर्वत । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले मोदी गाउँ पालिकामा गठबन्धनले महिला माथि विभेद गरेको बताएका छन् ।
गाउँपालिकामा ८ वटा बडाका एमालेका उम्मेदवारहरुको भेलालाई सम्बोधन गर्दै उनले संविधानले दिएको अधिकार हनन् गर्ने गठबन्धनले भोट माग्न आउँदा साडी लगाउनु पर्ने जिकिर गरेका हुन् ।
गठबन्धनको तर्फबाट दुबै पदमा पुरुष उम्मेदवार उठेको भन्दै उनले महिला माथि गठबन्धनले बिभेद गरेको आरोप लगाए ।
एमालेले अध्यक्ष पदमा महिलालाई उमेद्वार बनाएर महिला माथि न्याय गरेको भन्दै उनले समावेशी चरित्रको उमेद्वारले मात्र निर्वाचन जित्ने दावि गरे ।
एमालेले मोदी गाउँपालिकामा अध्यक्ष पदमा महिला नेतृ हिरादेवी शर्मा र उपाध्यक्ष पदमा युवा नेता विमल लामिछानेलाई उमेद्वार बनाएको छ ।
उता, गठबन्धनको तर्फबाट माओवादीका गुप्त हमाल अध्यक्ष र कांग्रेसको तर्फबाट जीवन प्रसाई उमेद्वार बनेका छन् । माओवादी र कांग्रेसले अध्यक्ष उपाध्यक्ष पदमा महिलालाई उमेद्वार बनाएपछि एमालेले त्यसको बिरोध गरेको छ ।
कार्यक्रममा सांसद गिरीले एमालेले गरेका विकास निर्माण र राष्ट्रियताको अडानका कारण निर्वाचन सहज जित्ने दाबी गरे ।
उमेद्वारहरुको भेलालाई एमाले केन्द्रीय सदस्य संविधान सभाका सदस्य कल्पना चापागाईं, मोदी गाउँ पालिकाका अध्यक्ष प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।।