Print

पालिका अध्यक्षमा निर्विरोध सिफारिस भएपछि वडाअध्यक्ष श्रेष्ठले फिर्ता गरे पालिकाका सुविधाहरु

१० वैशाख, पर्वत । जिल्लाको पैयू गाउँपालिका वडा न ४ का वडा अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले गाउँपालिकाका सुविधाहरु फिर्ता गरेका छन् ।

नेकपा एमालेबाट पैयू गाउँपालिका अध्यक्षमा निर्विरोध सिफारिस भएपछि अध्यक्ष श्रेष्ठले गाउँपालिकाका सुविधाहरु फिर्ता गरेका हुन् । उनले आफूले प्रयोग गर्दै आएको मोटरसाईल, ल्यावटव र अन्य सुविधाहरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछाने मार्फत गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

एमालेको तर्फबाट २०७४ सालमा पैयू ४ बाट वडाअध्यक्षमा निर्वाचित श्रेष्ठलाई एमाले पैयू गाउँपालिका कमिटि र जिल्ला कमिटिले अध्यक्ष पदमा निर्विरोध सिफारिस गरेको छ । आफू पाटीको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचन लड्ने भएपछि उनले पालिकाबाट प्राप्त सुविधाहरु फिर्ता गरेका हुन् ।

अध्यक्षमा सिफारिस उनी एमालेका लोकप्रिय नेता हुन् । पैयू गाउँपालिकाको सम्बृद्धिका लागि आफ्ना ठोस कार्ययोजनाहरु पुरा गर्ने प्रतिबद्धता सहित उनी निर्वाचन केन्द्रित अभियानमा जुटेका छन् ।