११ बैशाख, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उप प्रमुख सिता काफ्लेले राजिनामा दिएका छन् ।
आगामी निर्वाचनमा पुनः निर्वाचन लड्ने गरी उनिहरुले राजिनामा दिएका हुन् ।
नगर प्रमुख जोशीले उपप्रमुख काप्ले र उपप्रमुख काफ्लेले नगर प्रमुख जोशीलाई राजिनामा दिएका हुन् । आज आयोजित पत्रकार सम्मेलनमा उनिहरुले राजिनामा दिएका हुन् ।
नगर प्रमुखमा पुन: दोहोरीने इच्छा भएका कारण जोशिले राजिनामा दिएका हुन् । उता उपप्रमुख काफ्लेले पनि नगरमा पुन: दोहोरिने इच्छा भएको बताउदै राजिनामा दिएका हुन् ।
दुबै जना २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।
आजै पत्रकार सम्मेलन मार्फत नगर प्रमुख जोशी ले ५ बर्षे कार्यकाल को उपलब्धि सार्वजनिक गरेका छन् ।
जोशिले नगरको बिकासमा बजेटको अभाव भएपनि आफुले प्रतिबद्धता गरेका अधिकांश कामहरु पुरा भएको दाबि गरे ।




