Print

गाउँपालिकाले दिएको सुविधाको मोटरसाइकल फिर्ता गरे मोदी गाउँपालिकाका प्रवक्ता लामिछानेले

६ बैशाख पर्वत । गाउँ पालिकावाट सुविधाको रुपमा प्रयोग गर्दै आइरहेको मोटरसाइकल मोदी ६ तिलाहारका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता ‌बिमल लामिछानेले फिर्ता गरेका छन् ।‌ आजै उनले मोदी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षत्रीलाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै सुबिधा फिर्ता गरेका हुन् ।

निर्वाचनको आचारसंहिता अनुसार चुनाव प्रचार प्रसारमा सरकारी सवारी प्रयोग गर्न नपाउने ब्यवस्था छ । सो ब्यबस्था बमोजिम सुबिधाको सवारी राज्यलाई फिर्ता गर्ने लामिछाने जिल्ला कै पहिलो जनप्रतिनिधि हुन् ।

उनले आफुले प्रयोग गर्दै आएको ध १ प ५८३ पल्सर २२० सिसिको मोटरसाइकल गाउँ पालिकालाई फिर्ता गरेका हुन् ।

लामिछानेले राज्यको स्रोतको प्रयोग निर्वाचनमा हुन नहुने भन्दै आफुले निर्वाचन आयोगको निर्णय मानेको वताए ।

जिल्ला मा २०७४ सालको निर्वाचनमा अत्याधिक मतान्तर मा वडा अध्यक्षमा निर्वाचित लामिछाने एमाले पर्वतका जिल्ला उप सचिव हुन् ।

लामिछाने आगामी निर्वाचनमा मोदी गाउँपालिकाका अध्यक्ष पदमा आकांक्षी समेत हुन् ।