Print

परमादेश सरकारले मूल्य बृद्धि गरेको भन्दै युवा संघ पर्वत सडकमा

७ माघ, पर्वत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा। सीके राउतलाई दिएको सार्वजनिक धम्कीको विरुद्धमा राकेजुलुस प्रदर्शन गरेको छ ।

कुश्माबजारस्थित पार्टी कार्यालयवाट शुरु भएको राके जुलुस शिवालय चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा बर्तमान सरकार विरुद्ध र मन्त्री रेणु यादब बिरुद्ध नाराबाजी समेत गरिएको थियो ।

कोण सभालाई सम्वोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा पर्वतका इन्चार्ज अर्जुन पौडेल निर्जनले पाँच दलिय गठवन्धनको सरकारले नागरिकको ढाड सेक्नेगरी पटक पटक गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले नागरिकलाई कोरोनाको संक्रमणका बेला राहत दिनुपर्नेमा अझै पिडा थपेको भन्दै मुल्यबृद्धि तत्काल फिर्ता नलिए देशब्यापी कडा आन्दोलन गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी आपराधिक र बर्बरतापूणर् अभियव्यक्ति दिने देउवा क्याविनेटकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको तत्काल राजीनामा माग गरिएको छ । सरकारमा बसेर पनि हिंसा भड्काउन उद्धत भएको भन्दै तत्काल राजीनामा माग गरिएको हो ।

यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूणर् रहेको उहाँले बताउनुभयो । मन्त्री यादवले सीके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् । यस्ता अपराधिक सोच बोकेका मन्त्रीले मुलुककै गरिमा घटाएको भन्दै तत्काल राजीनामा माग गर्नुपर्ने भन्दै अन्यथा मुलुकभर आन्दोलनका आँधिवेहेरी सिर्जना गरीने पनि युवा संघले चेतावनी दिएको छ ।

युवा संघ पर्वतका संयोजक सुनिल बाँनियाले सरकारले गरेको मूल्य बृद्धि फिर्ता लिएर जनताको ढाड सेक्ने कार्य तत्काल रोक्न माग गरेका थिए ।