१७ पौष, पर्वत । पूर्व मन्त्री तथा एमाले सचिवले चुच्चे नक्शा जारी गरर्दा आफूले शरीरको माया नगरेको बताएकी छिन् । आफू माथि जुृनसुकै बेला पनि खतरा रहेको उल्लेख गर्दै पूर्व मन्त्री अर्यालले शरीरका माया गरेको भए चुच्चे नक्शा सार्वजनिक नहुने दावी गरेकी छिन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले कुश्मामा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले चुच्चे नक्शा सार्वजनिक गरेर आफू मन्त्री हुँदा देशको भौगोलिक अखण्डता जोगाउने प्रयास गरेको बताएकी हुन् ।
मन्त्री अर्यालले ओली सरकारको पालामा भएका कामहरुको ब्यवस्थित रुपमा प्रचार प्रसार हुन नसकेका कारण धेरै कामहरु ओझेलमा परेको समेत बताइन् । उनले ओली सरकारकाले गरेको कामहरु इतिहासको कालखण्डमा निकै महत्वपूर्ण काम भएको उल्लेख गर्दै वर्तमान सरकार हाँसेर मात्र बसेको दावी गरीन् । यो सरकारसंग जनताका कुनै आशा र भरोसा पनि नभएको गुनासो गर्न मिल्ने ठाउँ पनि नभएको उल्लेख गरिन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रिय सदस्यहरु कल्पना चापागाई, पदम गिरी, प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, उप महासचिव हिरामान लामा, प्रदेश सह इन्चार्ज ्रश्याम कुँवर, प्रदेश अध्यक्ष शुष्मा पौडेल एमाले कावा अध्यक्ष भक्त कुँवर, एमाले सचिव पदमपाणी शर्मा, पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, पत्रकार महासंघ पर्वत शाखा अध्यक्ष सन्तोष थापा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला शाखा अध्यक्ष गणेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण अखेलीले गरेका थिए ।




