२१ पौष, पर्वत । प्रेस चौतारी नेपाल पर्वत शाखाको जिल्ला अधिवेशन आगामी २८ गते हुने भएको छ । जिल्ला शाखा पर्वतको मंगलबार सम्पन्न वैठकले जिल्ला अधिवेशन आगामी पौष २८ गते गर्ने निर्णय गरेको हो ।
जिल्ला शाखा अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको कार्या समिति वैठकले अधिवेशनको मिति तय गरेको हो । शाखाले सम्पन्न गरेको प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्का तथा सम्मान कार्यक्रमको समिक्षा तथा आय ब्ययको अभिलेखीकरण समेत गरेको छ ।
शाखाको वैठकले एमाले जिल्ला प्रतिनिधिमा शाखाका पूर्व अध्यक्ष गणेश पौडेललाई पठाउने समेत निर्णय गरेको शाखाले जनाएको छ ।




