Print

पर्वतका ५ पत्रकारलाई सृजनशिल पत्रकारीता पुरस्कार

१७ पौष, पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कारबाट पर्वत जिल्लाका ५ जना पत्रकार पुरस्कृत भएका छन् । नेकपा एमालेकी सचिवव तथा पूर्व मन्त्री पद्मा अर्यालले उक्त पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

पुरस्कार पाउने पत्रकारहरुमा लक्ष्मण सापकोटा, कृष्ण अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसी छन् । उनीहरुले जनही २१ हजार १ सय ११ रुपैंया नगद सहितको पुरस्कार पाएका छन् । यसैगरी शाखाले शाखामा विशिष्ट योगदान पुराएको भन्दै शाखाका अग्रजहरु दुर्गाप्रसाद शर्मा, राजेन्द्र पहाडी, इन्द्रमान खत्री, गणेश पौडेल र सन्तोष थापालाई सम्मानीत भएका छन् ।

प्रेस चौतारी पर्वतले आयोजना गरेको पुरस्कार वितरण, सम्मान तथा विचार गोष्ठि कार्यक्रममा पुरस्कार र सम्मान प्रदान गरिएको हो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रिय सदस्यहरु कल्पना चापागाई र पदम गिरी लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रिय सदस्यहरु कल्पना चापागाई, पदम गिरी, प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, उप महासचिव हिरामान लामा, प्रदेश सह इन्चार्ज ्रश्याम कुँवर, प्रदेश अध्यक्ष शुष्मा पौडेल एमाले कावा अध्यक्ष भक्त कुँवर, एमाले सचिव पदमपाणी शर्मा, पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, पत्रकार महासंघ पर्वत शाखा अध्यक्ष सन्तोष थापा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला शाखा अध्यक्ष गणेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण अखेलीले गरेका थिए ।