Print

एमाले फलेवास नगर अधिवेशन : अध्यक्षमा तिमिल्सीना सहित अन्य ३ जनाको उमेदवारी

३ मंसीर, पर्वत । नेकपा एमाले फलेवास नगर अधिवेशनमा पदाधिकारी देखि अन्य केहि सदस्यहरुमा पनि आवश्यकता भन्दा धेरैको उमेदवारी दर्ता भएको छ । नगर पालिकाको प्रथम नगर अधिवेशनमा उप सचिव पदमा युवा संघका नेता इन्जिनियर आशिष श्रेष्ठ र दिपक भट्टराई भने निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी अन्य सदस्यहरुका केहि पदमा समेत निर्विरोध भए पनि पदाधिकारी अरुमा भने आवश्यकता भन्दा धेरैको उमेदवारी परेको छ । संख्यात्मक रुपमा धेरै जनाको उमेदवारी परेका कारण आगामी मंसीर ५ गते निर्वाचत हुँदैछ । निर्वाचनका लागि अध्यक्ष पदमा फलेवास नगर कमिटिका सदस्य अनेरास्ववीयूका पूर्व जिल्ला उपाध्यक्ष देवी तिमिल्सीना सहित अन्य ३ जनाको उमेदवारी परेको छ ।

अन्य उमेदवारहरुमा जिल्ला कमिटिका सदस्य वैगुठ भुषाल, बुद्धिजीवि परिषदका सदस्य विष्ण्ुा रिमाल तथा किसान संघका नेता बलराम भुषालले उमेदवारी दर्ता गरेका छन् ।

उता, उपाध्यक्षमा थमनारायण क्षेष्ठ, विन्दू अधिकारी र नेत्र विकको उमेदवारी परेको छ ।

यसैगरी सचिव पदमा भने युवा संघका नेता गोविन्द प्रसाद भुषाल, चन्द्रबहादुर नेपाली र विक्रम जिसीको उमेदवारी परेको छ ।

अन्य केहि पदहरु निर्विरोध भए पनि अन्य पदहरुमा भने धेरै जनाको उमेदवारी परे पनि भोली मंसीर ४ गते धेरै पदहरु सर्वसहत हुने सम्भावना रहेको बताइएको छ ।