५ मंंसीर, पर्वत । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनको मतपरिणाम आउन शुरु गरेको छ । क्षेत्र न ख मा भएको निर्वाचनमा प्रविन गुरुङ सभापति पदमा विजयी भएका छन् । यसैगरी उपसभापति पदमा लक्ष्मी कुमारी शर्मा र गंगाप्रसाद भुषाल तथा सचिव पदमा छविलाल तिवारी र ठाकुर रसाईली विजयी भएका छन् । सह सचि पदमा भने युवराज भुषाल र निर्मलाकुमारी शर्मा विजयी भएका छन् ।
एता, क्षेत्र न क मा भने मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार सभापति पदमा राजकुमार क्षेत्रीले अग्रता लिएका छन् । निकटम प्रतिद्धन्द्धी कृष्णबहादुर खत्री केसीलाई क्षेत्रीले पछाडी पारेका हुन् । अहिलेसम्म झण्डै ५ सय मतको गणना भएको कांग्रेस श्रोतले जानकारी दिएको छ ।
उप सभापति पदमा भने जीत बहादुर पुन र दुर्गादेवी शर्माको अगूता रहेका छ । सचिव पदमा केशव प्रसाद उपाध्याय र दामोदर पौडेलले अग्रता लिएका छन् । मतगणना जारी रहेको हुँदा अन्तिम मतपरिणाम भने आइसकेको छैन् । क्षेत्र न क मा खसेको मत र मुचुल्का गरिएको मतसंखयामा फरक आए पछि विवादका कारण रोकिएको मतगणना शनिवार राती देखि शुरु भएको थियो । कांग्रेस श्रोतका अनुसार अहिले पनि मतगणनामा विवाद भएकाले मतगणना रोकिएको छ ।




