३ मंसीर, पर्वत । जिल्लामा यति बेला राजनैतिक सगरर्मी बढेर गएको छ । देशमा ३ वटा प्रमुख राजैतिक संगठनहरुको राजनैतिक गतिविधिहरुले यति बेला गति लिएका छन् । देशको ठूलो राजनैतिक संगठन नेकपा एमालेको आज फलेवास नगरपालिकामा नगर स्तरीय अधिवेशनको बन्द शत्र शुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि फलेवासमा आज उमेदवारी दर्ता हुँदैछ ।
नगरपालिकाको नगर कमिटि निर्माणका लागि यस अघि स्थगीत भएको बन्द शत्र आज बाट शुरु भएको निर्वाचन संयोजक चन्द्रबहादुर क्षत्रीले उल्लेख गरेका छन् । आज वेलुका ३ बजे एमाले फलेवासको उमेदवारी दर्ताको समय रहेको छ । आजै अन्तिम नामावली प्रकाशन गरी एमालेले निर्वाचनको प्रक्रिया अघि बढाउने भएको छ ।
यसै वीच आजै मात्र नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरु शुरु भएका छन् । नेपाली कांग्रेसको पर्वतमा प्रदेश सभा स्तरीय २ वटा निर्वाचन क्षेत्रीय कमिटिको अधिवेशन शुरुवात भएको हो । प्रदेश नम्बर क र प्रदेश नम्बर ख गरी २ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले नयाँ कमिटिको निर्माण गर्नेछ ।
उत्तरी क्षेत्र जलजला, कुश्मा र मोदी गाउँपालिकामा प्रदेश निर्वाचन क्षेत्र क र फलेवास, महाशिला, विहादी तथा पैयू समेत सग्लन्न प्रदेश निर्वाचन क्षेत्र ख मा काग्रेसको अधिवेशन शुरु भएको छ । क्षेत्र न क अन्तर्गत कुश्मा बजारमा अधिवेशन शुरु भएको छ भने क्षेत्र न ख अन्तर्गत पैयूमा अधिवेशनको शुरुवात भएको छ । यी अधिवेशनमा प्रदेश निर्वाचन क्षेत्रको कमिटि गठन गर्नेछन् ।
अधिवेशनमा क्षेत्र नम्बर क मा कृष्ण केसी र राजकुमार क्षेत्रीले सभापति पदमा दावी प्रस्तुत गरेका छन् । यसैगरी क्षेत्र न ख मा भने हरी न्यौपाने र प्रविन गुरुङले क्षेत्रीय सभापति पदमा दावी गरेका छन् । क्षेत्रीय कमिटिका सदस्य तथा प्रदेश प्रतिनिधिहरुमा पनि आकाक्षीहरुको संख्या ठूलो रहेको छ ।
एता, माओवादी केन्द्रले जिल्ला भरका सवै वडाहरुमा एकै पटक वडा अधिवेशन गर्ने गरी अभियान सञ्चालन गरेको छ । माओवादी केन्द्रका अनुसार आज जिल्लाका विभिन्न वडाहरुमा अधिवेशन हुँदैछ । माओवादी केन्द्रले आज एकै साथ वडा अधिवेशन गर्ने र आगामी ७ गते पालिका अधिवेशन एकै साथ गर्ने गरी तयारी गरेको माओवादी केन्द्रले जनाएको छ ।




