Print

५ दलीय गठबन्धन धरापमा परिसक्यो–नेता गिरी

१० असोज, पर्वत । नेकपा एमालेका नेता तथा सांसद पदम गिरीले पाँच दलीय गठबन्धन धरापमा परेको जिकिर गरेका छन् । जनसांस्कृतिक महासंघ नेपाल पर्वतको जिल्ला अधिवेशनको उदघाटन गर्दै नेता गिरीले अस्वभाविक रुपमा निर्माण भएको गठबन्धन धरापमा परेको बताएका हुन् ।

मुलुकका अन्य जतिसुकै दलले गठवन्धन बनाएपनि मुलुकको हितको निम्त केहि गर्न नसक्ने भन्दै सरकार बनेको साढे २ महिनासम्म मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सरकारसँग अरु कुनै अपेक्षा गर्न नसकिने उनले बताए ।

यो सरकार आफुले नयाँ काम गर्नु भन्दा पनि ओली नेतृत्वको सरकारले गरेका जनमुखि काम बिगार्न बनेको बताउँदै पाँच दलिय गठवन्धन धरापमा परिसकेको गिरीको भनाई छ । उनले यो गठवन्धन लामो समय नटिक्ने समेत ठोकुवा गरे । सांसद गिरीले नेकपा एमालेले कारवाहि गरेका १४ जना सांसदलाई निलम्वन नगरेसम्म संसदको अवरोध नहट्ने समेत स्पष्ट पारे ।
जनसांस्कृतिक महासंघ पर्वतको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।