Print

थप ४ जनाको मृत्यु


१० जेठ, पर्वत । पर्वतमा आज थप ४ जनाको कोरोना भाईरसको संक्रमणका कारण निधन भएको छ । १ महिला र तीन जना पुरुषको एकैदिन मृत्यु भएको हो । मृत्यु हुनेमा मोदी गाउँपालिका वडा नं ८ क ५९ वर्षिया महिला, कुश्मा नगरपालिका वडा नं ३ का ५३ वर्षिया पुरुष, महाशिला गाउँपालिका वडा नं ५ का ६९ वर्षिय पुरुष र जलजला गाउँपालिका वडा नं २ का ६४ वर्षिय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मोदी ८ की महिलाको आइतवार होम आईशोलेशनमै मृत्यु भएको हो । उनमा ८ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी कुश्मा ३ का पुरुषको फिस्टेल अस्पताल पोखरामा आइतवार निधन भएको हो । उनमा वैशाख ३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । यसैगरी महाशिलाका पुरुषको आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

उनमा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उता जलजला २ का पुरुषको आज विहान बेनी अस्पताल म्याग्दीमा उपचारका क्रममा निधन भएको हो । उनमा शनिवार कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै पर्वतमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।