
११ जेठ, पर्वत । जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा संकलन गरिएको स्वाबको नमुना पिसिआर र एन्जिजिन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यसैगरी वितेको २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । जलजला गाउँपालिका वडा न ५ का ६० बर्षिय पुरुषको मृत्यु भएको हो । उनको बागलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।




