२ जेठ, पर्वत । राष्ट्रिय युवा संघ जलजला गाउँ कमिटिले कोरोना संक्रमीतहरुको उद्धारका लागि स्वयमसेवकको समूह गठन गरेको छ । २० जना स्वयमसेवकहरुले समस्यामा परेका विरामीहरुलाई अस्पतालसम्म पुराउने, उपचारको प्रवन्ध मिलाउने र संक्रमीतको शव ब्यवस्थापनमा समेत सहयोग गर्ने उद्देश्यले स्वयमसेवकको समूह गठन गरेका छन् ।
युवा संघको नेता विकास गिरीका अनुसार तत्काल जुनसुकै बेलामा पनि संक्रमीतले फोन गरेको खण्डमा आफूहरु उद्धारका लागि जाने जानकारी दिए । युवा संघका विज्ञानराज शर्माले यस अघि नै उद्धार तथा सहयोग कार्य गरीरहेका छन् ।
उनले विरामीहरुलाई अस्पताल पुराउने तथा उनीहरुको उपचारको प्रवन्ध गर्ने कार्यमा सहयोग गरीरहेका छन् । उनले संक्रमीतको शव ब्यवस्थापनमा समेत सहयोग गरेका छन् ।
जलजलामा क्रियटिभ युवा समूह नामक संस्थाको गठन गरेर समेत केहि युवाहरुले संक्रमीतहरुको उद्धार तथा सहयोगमा काम गरीरहेका छन् । यो विपद्को बेलामा सवै नेपालीले एक आपसमा सहयोगको भावनाले मद्दत गर्न युवा संघका केन्द्रिय सचिव बिमल लामिछानेले सवै युवाहरुलाई आब्हान गरेका छन् ।





