Print

पर्वतमा निषेधाज्ञाका वीच विकास निर्माणको काम नरोकिने

२ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणको दर दिनदिनै बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा कडाई गरेको छ । भोली देखि लागू हुने गरी वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्यन्न तथा फलफुलका पसलहरु पनि दिनको ३ घण्टा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ । निर्णयअनुसार दैनिक रुपमा विहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र अत्यावश्यक सेवाका पसलहरु खुल्नेछन् ।

निषेधाज्ञाका वीच पनि राष्ट्रिय गौरबका आयोजना तथा पूर्वाधार निर्माणका कामहरु भने रोकिनेछैनन् । प्रशासन कार्यालयद्धारा जारी सुचनामा जिल्लामा सञ्चालीत सवै प्रकारका पूर्वाधार आयोजनाहरु मापढण्ड पुरा गरेर सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । मुख्य गरी राष्ट्रिय गौरबका ३ वटा आयोजनाहरु निर्माणधिन अवस्थामा छन् ।

जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र मोदी लेखनाथ विद्युत प्रसारण आयोनजाको निर्माण कार्य भइरहेको छ । यी मध्ये दुई वटा गौरबका आयोजनाका सडकहरुको निर्माण कार्य तिव्र गतिमा छ । मुख्य गरी मध्यपहाडी लोकमार्गमा निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । उता, कालीगण्डकी लोकमार्गमा पनि निर्माणको काम भइरहेको छ । यी सवै आयोजनाहरुमा काम नरोकिने भएको हो ।

यसैगरी जिल्लामा विभिन्न सडकहरुमा पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणको काम गरीरहेको भने स्थानीय तह र अन्य कार्यालयहरु मार्फत पनि विकास पूर्वाधार निर्माणको काम भइरहेको छ । सवै आयोजनाहरुमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।