Print

थप एक संक्रमीतको घरमै मृत्यु, कुल मृत्यु ७ पुग्यो

२३ वैशाख, पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालका वडा न ३ का ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । घरमै रहेका उनमा संक्रमण भएपनि कोरोना परिक्षण गरेका थिएनन् ।

मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यायका प्रमुख डा. भोजराज गौतमले जानकारी दिए । समुदायमा संक्रमणको अवस्था पहिचान गर्न गरिएको परिक्षणमा उनी सहभागी नभएको गौतमले बताए ।

मृत्यु भएपछि उनको र परिवारको परिक्षण गर्दा एन्जीजिन पोजेटिभ आएको उनको भनाई छ । योसंगै पर्वतमा कुल मृत्यु संख्या ७ पुगेको छ । कोरोनाको दोस्रो लहरमा मृत्युको संख्या ४ छ ।