२२ वैशाख, पर्वत । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिदै सदरमुकाम कुश्मा बजारमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले वैक तथा वित्तिय संस्थाहरुको कारोबारलाई पनि कम गराएको छ ।
प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार अव वैंक तथा वित्तिय संस्थाहरु आलोपालो रुपमा सञ्चालन हुनेछन् ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार सुरक्षाका मापढण्ड पालना गरेर वैक तथा वित्तिय संस्थाहरु १० देखि २ बजेसम्म खोल्न पाइनेछ ।





