Print

पर्वतको पिपलटारीमा जीप दुर्घटना १५ जना घाईते

२४ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीबाट कुश्मा नगरपालिकाको साइकलचोक तर्फ जाँदै गरेको जीप कुश्मा १० पिपलटारीको गहते भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी नायव उपरिक्षकका अनुसा दुर्घटनामा २ जना गम्भिर घाइते रहेको प्रारम्भिक जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ । घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।