१० चैत, पर्वत । पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित भएका छन् । । केन्द्रमा कम्युनिष्ट पाटी फुटेर झण्डै ३ वटा बनेको बेलामा पर्वतमा भने सवै बामपन्थी एकै ठाउँमा उभिएका छन् । बामपन्थी समूहका अध्यक्ष अधिकारी सहित २३ मध्ये १४ सदस्य विजयी भएका छन् । ७ जना सदस्य भने कांग्रेस समर्थक ब्यवसायी विजयी भएका छन् ।
मंगलवार विहान सम्पन्न मत गणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । पौडेल भन्दा अधिकारी १ सय १९ मतको अन्तरले बिजयी भएका छन् ।
त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरी बिजयी भएकी छिन । २३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा ठाकुर वि पौडेल, रमेश शर्मा लामिछाने, गणेश लामिछाने, कमलबहादुर जिसी, गणेशकुमार श्रेष्ठ, नारयणबहादुर केसी, प्रदिप तिमिल्सिना, मिनप्रसाद शर्मा, नारायणप्रसाद पौडेल, कृष्णप्रसाद श्रेष्ठ, कमल शर्मा लामिछाने, राजन गुरुङ, शेरबहादुर चोचाङ्गी, राजकुमार बस्नेत, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, बिनोद आचार्य, कृष्ण प्रसाद शर्मा (पोल्ट्री), रामु शर्मा र कृष्णप्रसाद शर्मा (मेटल)बिजयी भएका छन् ।
गत शनिवार भएको निर्वाचनमा १ हजार ९ सय ९३ मत खसेको थियो । जस मध्ये ६८ मत बदर भएको छ ।




