१३ चैत, पर्वत । जिल्लाको जलजला गाउँपालिकाका स्थानीय र प्रतिनिधि सभाका सांसद वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजलाको वडा न २ माझफाँटमा आयोजीत कार्यक्रममा सांसद गिरीले जलजलाको गौरबको आयोजनाको रुपमा वारीवेनी माझफाँट हुँदै लेकफाँट नागी सडक संघीय सरकारको रणनैतिक योजनामा समावेश गरिएको जानकारी गराएका छन् ।
गिरीले निर्वाचनमा आफूले गरेका प्रतिबद्धता बमोजीम नै आफू विकास योजनाहरु जिल्लामा भित्राउन प्रयासरत रहेको समेत जानकारी दिए । उनले केहि बर्ष अघिसम्म लाखका योजनाहरु गाउँमा आउँदा खुशी हुनेहरु अहिले करोडका योजना आउँदा पनि खुशी हुन नसकेको बताए । जिल्लामा करोडका धेरै योजनाहरु भित्रिएको बताउँदै गिरीले केहि बर्षमा जिल्ला सम्बृद्ध बन्ने समेत बताए ।
उनले विकास हुँदा गर्भ गर्न नसक्नेहरु गाउँमा रहेको बताउँदै जनप्रतिनिधिको हैसियतल आफू दोहोरी साँझ र डान्स बारम कहिल्यै नरमाएको समेत बताए । काठमाण्डौं बस्दा सधै मन्त्रालयर विभागहरुमा योजनाको फाइल लिएर घुम्ने गरेको बताउँदै जिल्लामा जतिसकिन्छ धेरै योजना भित्राउँदा नै जनताले दिएको जनअभिमतको कदर हुने गिरीको भनाई छ । कार्यक्रमका सहभागीहरुले सांसदसंग जनताका अपेक्षाहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।
साना योजनाहरु स्थानीय तहले कार्यान्वयन गर्नुपर्नेमा सवै योजनाहरु केन्द्रिय सरकारले भन पुरा गर्न नसक्ने गिरीको भनाई छ । कार्यक्रममा भुमि सुधार आयोग पर्वतका अध्यक्ष देवेन्द्र पाण्डे, स्थानीय नरबहादुर केसी, लालबहादुर अधिकारी, वडा अध्यक्ष तिलक जिसी, यज्ञ सुवेदी लगाएतले जलजलाको समस्याहरुको बारेमा सांसदलाई जानकारी गराएका थिए ।
सो अवसरमा सांसद गिरीले झण्डै ५० करोडको लागतमा वारी वेनी देखि माझफाँट हुँदै लेकफाँट नागी जाने सडक संघीय सरकारबाट कार्यान्वयन हुने गरी आफूले योजनामा समावेश गराएको जानकारी गराए । उक्त सडक एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गत कालोपत्रे हुनेछ । संघीय सरकारले सांसदको सिफारिसमा कालोपत्रे गर्ने सडक मध्ये उक्त सडकलाई कालोपत्रेको लागि छनौट गरिएको हो ।