Print

प्रवासीको आर्थिक सहयोग मृगौला पिडितलाई

२७ फागुन, पर्वत । विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम १ लाख २ हजार रुपयाँ पर्वत जिल्लाको कुश्मानगरपालिका १२ ठुलीपोखरीका मृगौला पिडित विष्णु परियारलाई हस्तातरण गरिएको छ ।

स्थानिय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलनगरिएको सो रकम कुश्मानगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, युवा नेता तथा सामाजिक व्यक्तित्व शंकर गिरीले संयुक्तरुपमा उक्त रकम हस्तातरण गरेका छन् । धौलागिरी बस व्यवसायी समितिमा रहेर बस ड्राईभरको कामगरि रहेका परिवार अहिले कुनपा–४ मा बस्दै आएका छन् ।

ड्राईभर पेशाको भरमा परिवार पाल्दै आएका परिवारमा आर्थिक संकटले उनको ज्यानै जोखिममा परेको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार खर्च जुटाउन उनका परिवारलाई धौधौ परिरहेको छ । उपचारखर्च जुटाउन उनका आफन्त छिमिकीहरुले पनि साथ दिईरहेका छन् ।