२६ माघ, पर्वत । जिल्लाको डिमुवा बजार देखि तिलाहार हुँदै राम्जादेउराली र चित्रे जाने सडक अव बाह्ै महिना सञ्चालन हुने भएको छ । सडक खण्डमा पर्ने रती खोलाका कारण बर्षातको समयमा बन्द हुने उक्त सडकमा अव बाह्ै महिना सवारी साधन सञ्चालन हुने भएका हुन् । निर्माण कार्य शुरु भएको ५ बर्षमा मोटरेवल पुल सम्पन्न भएसंगै उक्त सडकमा बाह्ै महिना सवारी साधन सञ्चालन हुने भएका हुन् ।
बर्षातको समयमा खोलाको बेग निकै उच्च हुने हुँदा उक्त सडकमा सवारी साधन सञ्चालन बन्द हुने गर्दथ्यो । सडकको एक कार्यक्रमका वीच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले उद्घाटन गरेका छन् । योसंगै उक्त सडकमा नियमित सवारी साधन सञ्चालन हुने भएका छन् ।
मोदी ६ तिलाहारमा निर्मित उक्त मोटरेवल पुलको कुल लम्बाई ७० मिटर रहेको छ । पुलमा ३५/३५ मिटरका दुईवटा स्पान रहेका छन् । उक्त पुल डिमुवा तिलाहार राम्जा चित्रे सडक सडकमा पर्दछ । पुल निर्माण शुरु भएको ५ बर्षमा निर्माण कार्य सम्पन्न भएको हो । पुलको कुल लागत १० करोड ४५ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । पुलमा ७ दशमलब ५ मिटर चौडाई रहेको छ । पुलमा मानिस हिड्ने फुट्पाथ समेत निर्माण भएको छ ।
उक्त सडक खण्डको डिमुवा देखि राम्जादेउरालीसम्म भने सडक कालोपत्रेको काम भइरहेको छ । रतीखोला देखि दराक हुँदै चित्रे जोड्ने सडक भने डिपिआर तयार गरी केहि बर्ष भित्रमा कालोपत्रेको चरणमा लगिने पूर्व सांसद पदम गिरीले जानकारी दिए । यो सडक कालोपत्रे हुँदा उक्त क्षेत्रका सवै मुख्य सडक कालोपत्रे हुनेछन् ।




