२९ माघ, पर्वत । भूमि सम्बन्धि समस्या समाधान आयोगका पर्वत जिल्ला अध्यक्ष देवेन्द्र पाण्डेले स्वतन्त्र भएर भूमि सम्बन्धि समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । सरकारले अध्यक्षमा मनोनित गरेका अध्यक्ष पाण्डेले आफ्नो पदभार सम्हाल्दै जिल्लाको भूमि सम्बन्धि समस्या समाधान गर्न आफूले कुनै दवावमा नपरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
भूमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला कार्यालयमा समितिको पदभार कार्यक्रम पछि बोल्दै अध्यक्ष पाण्डेले पर्वतमा अरु जिल्लामा जस्तो भूमि सम्बन्धि समस्या ठूलो रुपमा नभए पनि समस्या भएका स्थानीय तहहरुमा समस्या समाधानका लागि सहजीकरण गर्ने बताए ।
उनले जनप्रतिनिधिहरुका यकिन भइ आएका समस्याहरुको समाधानका लागि कानून बमोजीम आफूले काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे । बढि जसो दलित र सुकुम्बासीको समस्या समाधान गर्न आफ्नो पहल रहने बताउँदै पाण्डेले भूमि सम्बन्धि समस्या रहेका सवैले अव न्याय पाउने विश्वास समेत दिलाए ।
भुमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला समितिमा २ जना सरकारबाट मनोनित सदस्यहरु तथा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख तथा मालपोत कार्यलयका कार्यालय प्रमुख सदस्य रहने ब्यवस्था छ । यसैगरी जिल्ला समन्वय अधिकारी सदस्य सचिव उक्त समितिको रहन्छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल प्रसाद गौतम, कुश्मा ११ का वडाअध्यक्ष शिव पौडेल, पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छविलाल तिवारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।




