१८ माघ, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको एघारौं साधारण सभा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन सहित हुने छैटौ अधिवेशनको पूर्वसन्ध्यामा महासंघको साधारण सभा पर्वतको मोदी गाउँपालिका स्थित चित्रेमा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन शत्रमा बोल्दै मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल अध्ययनबाट नै सवै कुराको ज्ञान प्राप्त हुने कुरा उल्लेख गरे । पौडेलले अध्ययन गरेर ज्ञान आर्जन गरेकाहरुबाट नै धेरै ज्ञान लिनसकिने भन्दै सवै क्षेत्रका मानिसहरु अध्ययनशिल हुनुपर्ने धारणा राखे ।
गाउँपालिकामा पर्यटकीय सम्भावनाहरुको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै त्यस्तो सम्भावनाको उजागर गर्न पत्राकारहरुको भूमिका अहम् हुने बताए । उनले गाउँपालिकाको कुल जनसंख्या बराबर एक बर्षमा पर्यटकहरु मोदीमा भित्रिएको दावी समेत गरे ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेल, प्रेस युनिएनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघका पुर्व अध्यक्षहरु भोलानाथ शर्मा, दुर्गाप्रसाद शर्मा, ओम घायल, पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश पौडेल, प्रेस संगठनका अनुशासन आयोग सदस्य सन्तोष थापा, प्रेस युनिएनका केन्द्रिय सदस्य अगन्धर तिवारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
यसैगरी कार्यक्रममा क्रान्तिरकारी पत्रकार महासंघका गोपाल जिसी, क्रान्तिकारी पत्रकार संगठनका बैगुण्ठ गिरी, प्रेस संगठन पर्वतका सह संयोजक राजबाबु पिसी, प्रेस युनिएनकी अध्यक्ष माया अधिकारी, नेपाली लेखक संघकी सरस्वती जिज्ञासु तथा चित्रे होम स्टेकी अध्यक्ष शुशिला गुरुङ लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उद्घाटन शत्रको सञ्चालन सचिव गणेश गिरी, स्वागत उपाध्यक्ष प्रनिश गिरी र अध्यक्षता छविलाल तिवारीले गरेका थिए । कार्यक्रममा संस्थापक तदर्थ समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो । यसैगरी सृजनशिल पत्रकारिता पुरस्कारबाट बर्ष २०७६ को पुरस्कार स्वर्गिय महेन्द्र केसी र बर्ष २०७७ को इन्द्रकुमार विकल्पलाई प्रदान गरिएको थियो ।
महासंघको उद्घाटन शत्र अघि पर्यटकीय गाउँ चित्रेमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा स्थानीय महिला सहकारीका सदस्यहरुको सहभागीता रहेको थियो ।




